भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु
काठमाडौं- भारतको छत्तीसगढको बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सीमा क्षेत्रअन्तर्गतको पश्चिम बस्तर डिभिजन इलाकामा सुरक्षाकर्मीसँग भएको मुठभेडमा १२ जना माओवादी लडाकु मारिएका छन् ।
दोहोर भिडन्तमा तीनजना प्रहरी जवान पनि मारिएको एनडीटिभीले लेखेको छ । दुई प्रहरी घाइते भएका छन् । मुठभेड स्थलबाट १२ माओवादी लडाकुको शव बरामद गरिएको छ ।
मुठभेड स्थलबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद भएको प्रहरी अधिकारीहरूले बताएका छन् । मारिएकाहरूको पहिचान गर्ने कार्य भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

