मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा
जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन् ।
बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजीनामा दिएको घोषणा गरेका छन् ।
विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यादवले धारणा राखिरहदा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए ।
उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजिनितिक दलले गरेको क्रियाकलापलाई असंवैधानिक, अराजक र अशोभनीय रहेको बताए । उनले आजै आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

