Harsamaya
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
मुख्यमन्त्री सरोज कुमार यादव ।

जनकपुर - मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।

प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।

सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए ।

 ८:३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०:३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update