Harsamaya
सुनचाँदीको मूल्य निरन्तर बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update