Harsamaya
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात
फाइल तस्वीरः हर समय/harsamaya

वीरगञ्ज- कृषि प्रधान देश नेपालमा खाद्यान्न उत्पादनमा र उपभोगमा भने परनिर्भरता झन् झन् बढ्न थालेको छ । भन्सार तथ्याङ्क अनुसार देशमा खाद्यान्नको आयात  तुलनात्मक रूपमा बढ्न थालेको हो। 

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update