काठमाडौं - यतिबेला नेकपा एमालेको महाधिशनले राजनीतिक वातावरण तातिदैं गएकोछ । महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् भने केही जिल्लामा विवादका कारण रोकिएका छन् ।
महाधिवेशन नजिकिदै गर्दा विभिन्न प्रदेश र जिल्लाहरुबाट आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । यसैबीच मधेस प्रदेशबाट ११औं महाधिवेशनमा पुरुषोत्तम पौडेलले सचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ ।
पौडेल पार्टीभित्र बौद्धिक, तार्किक , स्पष्ट वक्ता र दुरदृष्टि राजनीतिक लक्ष्य र संगठन निर्माणमा ईमानदार र परिश्रमी संगठकको रूपमा परिचित छन् । पौडेलको उम्मेदवारीले एमालेभित्र सबैको ध्यान खिचेको छ ।
उनी कुनै पनि विषयमा खुल्ला बहस गर्न सक्ने क्षमता राख्ने नेताको रुपमा पार्टीभित्र रुपमा हेरिन्छ । प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सरल भाषामा बुझ्ने गरी प्रशिक्षण खुबिका कारण पनि उहाँ कार्यकर्ता माझ लोकप्रिय छन् ।
मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनमा पौडेलले सचिव पदमा उम्मेदवारी दिने पक्का भएको उनी निकट एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान बताउँछन् । ‘पार्टीभित्र धेरैको मूल्यांकन छ , सङ्गठनका लागि दिन–रात दौडिने नेता पौडेललाई सचिव जस्तो पदको जिम्मेवारी पाउन ढिलाइ मात्र भएको हो, अवसर भने अबको महाधिवेशनले नै दिनेछ।’ घलानले बताए ।
युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी समेत बहन गरिसकेका पौडेल हाल पार्टीको पोलिटब्युरो सदस्य छन् । मन्त्रीका रूपमा थोरै समय रहदाँ उनले युवा परिषद् गठनदेखि खेलकुद मन्त्रालयको बजेट वृद्धि र खेलकुद क्षेत्रका थुप्रै संरचनाको काम अघि बढाएका थिए । पार्टीको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको नेतृत्वमा रहदा उनले पहिलोपटक सबै जिल्लाहरुमा महासंघको जिल्ला कमिटी गठन र सबै प्रदेशमा सङ्गठन विस्तार गरेका थिए ।
पार्टी संगठन विस्तारमा उहाँको यिनै प्रभावकारी कार्यहरुले आज पनि एमालेभित्र ‘सफल नेतृत्व’ का रूपमा प्रस्तुत गरिन्छ ।
पौडेलप्रति कार्यकर्ताको झुकाव स्पष्ट देखिन्छ । सदाचारी जिवन यापनमा रमाउने पौडेल सामान्य परिवारबाट उठेको नेता हुन् । उनी निकट रहेर काम गरेका निजगढ नगर कमिटी अध्यक्ष घलान थप्छन् - ‘उहाँसँग भेट्न सहज, समस्या भन्न सहज, समस्याको समाधान पाउन झनै सहज । त्यही कारण उहाँ जस्तै लोकप्रिय नेता संगठनमा कमै छन्।’
यद्यपि योगदान र लोकप्रियताको बाबजुद पौडेल विगतका महाधिवेशन र पार्टीको सङ्गाठानिक अवसरबाट पटक–पटक वञ्चित हुँदै आएको चर्चा पनि उत्तिकै छ । हाल संगठनमा उनीभन्दा पछिका धेरै नेता उपमहासचिवदेखि सचिवालयसम्म पुगेका छन् । तर, पौडेल भने निरन्तर कार्यकर्ता बीच दौडिरहेका छन् । त्यसैले पनि प्रतिनिधिहरुबीच उहाँको चर्चा भईरहेकोछ ।
मधेस प्रदेशबाट ईश्वर पोखरेल समूहको तर्फबाट सचिव पदमा उभिने सम्भावना अधिक भएसँगै एमालेभित्रको प्रतिस्पर्धा रोचक मोडतर्फ उन्मुख भएको छ ।

