Harsamaya
अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका उम्मेदवारहरूको आपत्ति (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी

काठमाडौं - अखिल क्रान्तिकारीको स्थगित मतगणना वाल्मीकि क्याम्पसमा नै गराउन माग गरिएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका तीन उम्मेदवारले वाल्मीकि क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राईले सो माग गरेका हुन् । 

‘२३ औं राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रहरूबाट मतदान सम्पन्न गरिसकेको र जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौं, अन्य विषय थाँती राख्दै मतदान पश्चात् वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौं’ तीन अध्यक्षका उम्मेदवारले मतदान अधिकृत समक्ष राखेको मागमा भनिएको छ, ‘मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गरिनु पर्दछ, रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘राता मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्नेछ, व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्दछ ।’ उनीहरूका अनुसार बाँकी प्रकिया पुरा गरी अविलम्ब मतगणना सुरू गर्न अनुरोध गरिएको छ ।

पटक पटक स्थगित हुँदै आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि विवाद भएको थियो । विवादका बीच पार्टीले हस्तक्षेप गरी वाल्मीकिबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिए पछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।

maobadi-1738063107.jpeg
 

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update