सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको २ लाख ४८ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ६० रूपैयाँले बढेर ३ हजार २८० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

