नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै
काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका राजेन्द्र श्रेष्ठ समूह आज पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै छन् ।
देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए । आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ ०८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

