प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता
काठमाडौं - आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा भाग लिनका लागि बुधबार साँझसम्म १०६ दलले दल दर्ता तथा नवीकरण गरेका हुन् ।
यसअघि आयोगले दल दर्ताका लागि आजसम्मको समय दिएको थियो । तर, आयोगले बुधबार यही १४ गतेसम्म दल दर्ताको समय थप्ने निर्णय गरेको छ । आयोगका अनुसार अहिलेसम्म आयोगमा १३७ वटा दलको दर्ता कायम रहेको छ ।
एकल चुनाव चिन्हका लागि ३ वटा निवेदन दिएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । यस्तै, १६ वटा नयाँ दलले चुनावमा भाग लिनका लागि दल दर्ता गराएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२ २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

