Harsamaya
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका
फाइल तस्वीरः हर समय/harsamaya

सिरहा - गोलबजार नगरपालिकाले स्थानीय कृषकहरूको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले कुल लागतको ५० प्रतिशत अनुदानमा किसानर्लाइ गहुँको बीउ बाड्न लागेको  हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार इच्छुक किसानले नागरिकता, जग्गाधनी प्रमाणपत्र र आवेदन फारमसहित कृषि शाखामा यही मङ्सिर १६ गतेसम्म सम्पर्क गर्न सक्नेछन् । नगरपालिकाले वितरण गर्न लागेका गहुँका उन्नत जातहरूमा गौतम, विजय र एलएली–९७१ रहेका छन् । प्रतिकिलो रु ८२ पर्ने यी बीउको आधा रकम मात्रै किसानले तिर्ने पुग्नेछ ।

नगर प्रमुख श्यामकुमार श्रेष्ठले धान थन्काएर गहुँखेती गर्ने तयारीमा रहेका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न र बीउ तथा मल खरिदमा किसानले बेहोर्ने समस्यालाई कम गर्न अनुदानमा बीउ वितरण गर्न लागिएको बताए ।

“किसानलाई कृषि पेसामा रहन प्रोत्साहन मिल्नुका साथै उन्नत बीउ लगाउँदा उत्पादन बढ्ने अपेक्षा छ । यसले नगरभित्रको खेतीयोग्य जमिनमा गहुँबाली लगाउन किसानलाई ठूलो सहयोग पुग्नेछ‚” उनले थपे ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update