Harsamaya
आज देशभरको मौसम सफा रहने
सांकेतिक तस्विर : हर समय/Har samaya

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भू-भागमा हुस्सु/तुवाँलो लागेको महाशाखाले जनाएको  छ । आज  दिउँसो भने कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राती भने कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update