Harsamaya
पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीको ईभी आयात
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जिप, भ्यान आयात भएको हो । उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युतीय कार आयात भएको छ ।

उक्त संख्यामा कार आयात हुँदा सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, असोजमा २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल भित्रिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update