Harsamaya
बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि बोनस सेयरमा लाग्ने कर लगानीकर्ताले नै तिर्नुपर्ने व्यवस्था थियो । तर, कुनै कुनै कम्पनीले लाभांश वितरण गर्दा कर आफैँ तिर्दै पनि आएका थिए । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (दशौँ संशोधन) निर्देशिका, २०२ मार्फत यस्तो व्यवस्था गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थप गरी यस्तो व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update