Harsamaya
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा
रासायनिक मल ।

रौतहट - रौतहट प्रहरीले रासायनिक मलसहित चार वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । 

भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएका २२ बोरा रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

गुजरा नगरपालिका वाड न.२ रङ्गपुर मैरा स्थित नहरको डिलबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ । 

ना.२४ प. ६२३२, विआर ३०० एन २७५२, विआर ३३ वाई ५३०२, र विआर ०५ एन ८९८३ नम्वरको चारवटा मोटरसाइकलबाट २२ बोरा रासायनिक मल बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङले जानकारी दिइन । 

प्रहरीले नहरमा गस्ती गर्ने क्रममा फेला परेको र घटनामा सग्लन  भागेकाले खोजी कार्य भै रहेको उनले बताइन् । मोटरसाइकल छाडेर चालकहरु फरार भएपछि उक्त सामानहरु बेवारिसे अवस्थामा बरामद गरिएको उनको भनाइ छ । 

प्रहरीले  बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update