Harsamaya
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा  रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update