Harsamaya
दुर्गा प्रसाईं छुटे
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ।

काठमाडौं - सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए । 

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईंलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने अदालतको आदेशमा भनिएको छ । 

प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो। आज प्रसाईंले अन्तिम आन्दोलन गर्ने घोषणा गरेका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update