Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ हजार ३०० ले घटेर  २ लाख ४१ हजार ७०० मा कारोबार भएरहेको छ । बिहीबार सुन २ लाख ४३ हजारमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार १०० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी ३ हजार १८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update