Harsamaya
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम
नेतृ रक्षा बम ।

काठमाडौं - जेनजी नेतृ रक्षा बमले अब देशले एक थोपा पनि रगत थेग्न नसक्ने बताएकी छिन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले धेरै विध्वंस र नरसंहार भोगिसकेकाले एक थोपा रगत थेग्न नसक्ने बताएकी हुन् । उनले अहिलेको समयमा संयमता र धैर्यता नै शक्ति भएको बताएकी छन् । 

‘हामीले धेरै विध्वंस देखिसक्यौं , नरसंहार भोगिसक्यौं।अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन’, उनले भनिन्, ‘हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ। अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ ।’

उनले भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत नभएको बताएकी छिन् । उनले भनिन्, ‘राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् - यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update