Harsamaya
 डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

डोल्पा - नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । 

बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा  बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए । 

 डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update