Harsamaya
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । 

निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update