नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं - आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।
बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

