Harsamaya
नेकपा-जसपा एकता निर्णायक दिशामा
तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए ।

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी थिए । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन् ।

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update