सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ हजार ८०० ले बढेर २ लाख ४२ हजार ३०० मा कारोबार भइरहेको छ । मंगलबार सुन २ लाख ३९ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १५० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार ९० मा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

