Harsamaya
दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दीएको छ । उनी विरुद्धको सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

अब कम्तीमा पनि ४ दिन प्रसाईँ प्रहरी हिरासत रहनेछन् । प्रसाईँले यही मङ्सिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईँलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update