Harsamaya
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्विर: हर समय/Har samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ४२ हजार ३०० मा कारोबार भइरहेको छ । आइतबार सुन २ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार १५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ३ हजार १३५ मा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update