Harsamaya
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - पशुपतिनाथ क्षेत्र वरपर तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । प्रशासनले मंसिर १ गतेदेखि ३ गते अर्थात् तीन दिन सम्म पूर्ण रूपमा रोक लगाइएको हो । 

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको हो ।

सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

582028768_1737656660255082_1423753226295952855_n-1763308946.jpg
 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update