Harsamaya
‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको छ’
ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन ।

काठमाडौं - ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको बताएका छन् ।

आइतबार महानगर प्रहरी बलबाट भए गरेको कार्यहरूको ‘महानगर प्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटेल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहदरबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् ।

उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल सेवा प्रदान गर्‍यौँ । दमकलमा दुई वटामा फोम छ । त्यसले देखिने गरी नै आगो निभाउँछ । जेनजी आन्दोलनको आगलागीमा ललितपुरले राम्रो काम गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै यसको निकै चर्चा परिचर्चा भइरहेको छ ।’

त्यस्तै उनले नगरवासीहरूलाई कसरी संरक्षण गर्ने,कसरी उनीहरूको दिनचर्या राम्रो पार्ने र कसरी टेवा पुर्‍याउने भन्ने विषय नै महानगरको प्रमुख काम भएको बताए ।

जस्तोसुकै विकसित देशको नगर प्रहरीको निमित्त पनि चुनौती देखिने भन्दै उनले चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको धारणा राखे ।
मेयर महर्जनले अझ राम्रो दुई वटा दमकल खरिद् गर्ने महानगरले निर्णय गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update