Harsamaya
कानुनको दुरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो : सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ सोविता गौतम ।

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ सोविता गौतमले नेपाली जनतामा रास्वपाको चर्चा बढेपछि यसलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानुनलाई दुरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण गरिएको बताइन् ।

शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘सही बाटो हिड्न सहज छैन । हामीलाई प्रहारहरु हुन्छन्, त्यो कसरी हुन्छ भन्ने कुरामा उदाहरण रवि लामिछाने नै हुनुहुन्छ । रास्वपाले नेपाली जनताको कुरा उठाउन थालेपछि र जनतामा रास्वपाको चर्चा हुन थालेपछि राष्ट्रिय राजनीतिमा स्थापित दलहरुलाई चुनौती महशुस भयो र उहाँहरुले अब रवि लामिछानेलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानुनलाई दुरुपयोग गरेर आक्रमण गर्नुभयो ।’

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update