Harsamaya
७ दलको विरोध प्रदर्शन आज पनि जारी
७ दलको विरोध प्रदर्शन ।

जनकपुर - जनकपुरधाममा ७ राजनितिक दलहरूले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् । पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटेलमा बिहान ४ बजे शपथ ग्रहण गराएदेखि ७ राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले विरोध गर्दै आएको छ ।

पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरूले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवं कार्यकर्ताहरूले विरोध गर्दै आएका छन् । उनीहरूले मधेश भवन अगाडि दुबैतर्फ सडक आवतजावत ठप्प बनाएर सडकमै बसेका छन् ।

उनीहरूले जङ्गली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजीनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् । उनीहरूले आइतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update