Harsamaya

काठमाडौं - जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् ।मंगलबार देखि काठमाडौंको माइतीघरमा जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर,  आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुरका यादव सिंह आमरण अनसनमा बसेको हुन् ।

आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए ।  उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर  मार्ने जो कोही भएता पनि कारबाही हुन पर्ने उनको भनाई छ ।  । 

‘भदौ २३ गते जुन जेनजी आन्दोलन भएको थियो, भ्रष्टाचार विरुद्ध भएको थियो । त्यसै गरी सरकार जेनजीको नेतृत्व गरेर प्रधानमन्त्री सुशीला कार्कीसँग जानेहरूले जेनजीको मुद्दा नै बिर्सनु भयो । २३ गतेको आन्दोलन जुन भयो निस्वार्थ रूपमा युवाहरू स्कुलको ड्रेसमा थिए । उनीहरूलाई यसरी गोली हानिएको छ, यो नियन्त्रणमा लिन लट्ठी सम्म हान्ने हो तर यसरी निशाना लगाई लगाई शरीरका विभिन्न स्थानमा जुन गोली हानियो त्यो हान्न निर्देशन दिने चाहे त्यो आइजिपी होस् या चाहे त्यो प्रधानमन्त्री या गृह मन्त्री जो कोही पनि होस् त्यसले गर्दा कयौँको रगत बगेको छ । उनीहरूको रगत खेर जान हुँदैन । हत्यारालाई जसरी भए पनि कारबाही हुनपर्छ भन्ने हाम्रो माग हो । मलाई यहाँ बस्न गाह्रो छ  । खुल्ला आकाश मुनि सुत्न परेको छ,चिसोले गर्दा पनि गाह्रो भएको छ । मेरो छेउबाट गाडीहरू हिँड्छन् । यसरी बसिरहेको छु सरकार पक्षबाट कुनै पनि सरसहयोग भएको छैन,’ उनले भने  ।

त्यस्तै  उनले २३ र २४ गतेको आन्दोलनलाई भ्रष्टाचार विरुद्धको जनआन्दोलनको रूपमा घोषणा गर्न पर्ने बताएका छन् । उनले शहीद र घाइते परिवार दुवैको बिना स्वार्थ माग पुरा हुनु पर्ने बताए ।

‘२४ गते भएको आन्दोलनमा विभिन्न पार्टीका दलहरूले आतङ्कवाद भनिरहेका छन् त्यो आतङ्कवाद होइन, २३ गते आन्दोलनमा साना–साना विद्यार्थी मारिएको देखेर सम्पूर्ण देशभरिकै मान्छे आक्रोश भएर २३ गतेको आन्दोलन सफल गरेका हुन् । त्यसलाई चाहिँ जनआन्दोलन घोषणा गर्न पर्छ । भ्रष्टाचार  विरुद्धको जनआन्दोलन भनेर घोषणा गर्न पर्छ । शहीद र घाइते परिवार दुवैको बिना स्वार्थ माग पुरा हुन पर्छ,’ उनले भने  ।

त्यस्तै उनले आजको दिनसम्म सरकारमा रहेर काम गरेका जो कोहीको पनि सम्पत्तिको छानबिन हुनुपर्ने धारणा राखे ।

‘आजको दिनसम्म जतिले पनि सरकारको नेतृत्व गर्नुभयो होइन प्रधानमन्त्री मन्त्री सांसद देखि सबैको सम्पत्ति छानबिन हुन पर्छ । त्यसमध्ये हाम्रो देश भ्रष्टाचार मुक्त बनाउन पर्छ त्यस्तालाई कानुनी दायरामा ल्याउन पर्छ,’ उनले भने  ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update