आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

