Harsamaya
दूतावासले भन्यो- पोर्चुगलमा कामदार भिसा बन्द भयो‚ प्रलोभनबाट जोगिनु
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ ।

लिस्बनस्थित दूतावासले बुधबार एक प्रेस विज्ञप्तिमार्फत पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागु हुने गरी 'उच्च दक्ष' कामदारबाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको स्मरण गराएको छ ।

तर, पनि पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा देखाएर ठगी गर्ने प्रयास भइरहेको बुझिएको दूतावासले जनाएको छ ।

porchugal-1763046767.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update