Harsamaya
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबिच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको छ ।

मेलम्ची-अम्बाथान-मेलम्ची घ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेन्डर गरिएको हो । सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खेलाको पानी  सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने दिन स्थानीय सहमत भएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update