Harsamaya
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
फाइल तस्वीरः हर समय/harsamaya

अदानचुली - हुम्लामा ९७५ मतदाता थपिएका छन् ।

मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली सङ्कलन गरिएको थियो ।

जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेनजी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो ।

विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहेकी छन् । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update