Harsamaya
मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव ।

काठमाडौं - सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । 

सुजित यादव र रकी प्रसाद साहले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । 

नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update