Harsamaya
सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले खुवाए मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ ।

काठमाडौं - मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update