झण्डै तोलामा पाँच हजारले बढ्यो सुन
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन चार हजार ९०० सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४६ हजार ४०० मा कारोबार भइरहेको छ । ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० मा बारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

