मुगु - आर्थिक,भौतिक,शिक्षा,स्वास्थ्य,रोजगार लगायत विभिन्न क्षेत्र बाट थला परेको मुगु जिल्लाको सोरु गाँउपालिकाका नागरिकहरूलाई आँखा सम्बन्धी विभिन्न रोगबाट थला परेका नागरिकहरूले घर दैलोमा निःशुल्क आँखा चेकजाँच,शल्यक्रिया पाउँदा स्थानीय बासीहरू निकै खुसी भएका छन् ।
सोरु गाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्ने,चिलाउने,पाक्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्ने,आफन्तहरूको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हैरान भई रहेको थियो घरको आर्थिक अवस्था कमजोरी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए । गाँउपालिकाको आयोजनमा घरमै निःशुल्क आँखा चेकजाँच गरी मोतीबिन्दुको शल्यक्रिया गर्न पाउँदा निकै खुसी लागेको छ । शिविर सञ्चालन गर्ने निकाय र डाक्टरहरूलाई धन्यवाद सहित नयाँ जुनी पाएको सोरुगाँउपालीका वडा नम्बर ५ का रनबिर शाहीले बताए ।
सोरु गाँउपालिका १ देखी ११ वडाको ५ स्थानमा कार्तिक १८ गते देखी २४ गते सम्म सञ्चालन गरिएको आँखा शिविर मा ६सय ६८ जनाको निःशुल्क आँखा चेक जाँच गरिएको छ भर्ने ,२३ र २४ गते सोरुकोटमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर बाट मोतीबिन्दु शल्यक्रिया ५२ जना भन्दा बढीको निःशुल्क मातिबिन्दु अप्रेसन गरिएको छ भर्ने ८९ जनालाई चस्मा वितरण गरिएको छ भने विशेष गरी हिमाली जिल्ला भएको हुँदा घरमा आगो बढी प्रयोग गर्ने धुवा धुलो,लगायत विभिन्न समस्याका कारण मोतीबिन्दु, आँखा चिलाउने पाक्ने, चोटपटक लागेका,एलजि लगायत विभिन्न रोगका बिरामीहरू देखा परेको शिविर मा संलग्न डाक्टर सबिना पराुलीले बताएकी छन् ।
पालिका भित्र रहेका आँखा रोगले समस्या भएका नागरिकहरूको गुनासोलाई सम्बोधन गर्ने हिसाबले सरोकारवाला सँगको सहकार्यबाट आँखाको रोगले गर्दा अन्य रोग बाट वञ्चित हुने पर्ने नागरिकहरूलाई यो आँखा शिबिरले ठूलो राहात स्थानीय नागरिकहरूले पाएका छन् भने पालिका बाट खाजा खर्च बापत प्रतिब्याक्ति रु १ हजार आँखा अप्रेसन गरेका ब्याक्तिहरुलाई उपलब्ध गराएको सोरु गाँउपालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताएका छन् ।
पालिकाको विभिन्न काम काजको सिलसिलमा गाउँ बस्तीहरूमा जाँदा गाउँ घरमा बुढा आमा बुबाहरू र अन्य स्थानीय नागरिकहरूको गुनासो सबै भन्दा आँखाका बिरामीहरूले हामी गरिबिको कारण नेपालका ठूला सहरमा उपचार गर्न जान नसकिने भएको भन्न गुनासो आएको हुँदा स्थानीय सरकारको हौसियतले सोेरुगाँउपालिकाको आयोजना ,नेपाल रेडक्रस सोसाइटी सुर्खेत ,आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र आयूआटी फाउन्डेसनको आर्थिक सहयोगमा सोरु गाँउपालिकाको १ देखी ११ वडाको ४ वटा स्थानमा आँखा चेकजात गरी सोरुगाँउपालीकाको केन्द्र सोरुकोटमा २३र२४ गते मोतीबिन्दु समस्या भएको नागरिकहरूको निःशुल्क शल्यक्रिया गरिएको हुँदा १सय भन्दा बढी आमा बुबा खुसी भएको सोरुगाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताएका छन् ।

