मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
काठमाडौं - मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम अर्जुन शाहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाहले १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन माग गरेको हुन ।
त्यस्तै,अर्का रक्कीप्रसाद साह र सुजित यादवले पनि मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । यो सँगै मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा दुई वटा रिट दायर गरिएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ २१:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

