मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।
अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।’
मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक्तव्यपछि मधेस प्रदेश सरकारमा राप्रपाको भविष्य अनिश्चित बनेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

