भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
काठमाडौं - नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसहितका नेताहरूले नेता रावलसँग आइतबार छलफल गरेका हुन् । भेटमा प्रचण्ड र नेपालले नेता रावल पार्टीमा जोडिए सम्मानजनक हैसियत र जिम्मेवारी दिन कुनै समस्या नभएको बताएका थिए ।
त्यसमा रावलले पनि सकारात्मक जवाफ दिएको बताइएको छ । रावल एमालेले कारबाही गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ मार्फत आफ्ना गतिविधि गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२ २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

