Harsamaya
ओलीको माग: स्थान हद नतोकियोस्‚ शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइयोस् 
तस्वीरः अध्यक्ष ओलीको सचिवालय

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरूले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे । प्रशासन र प्रहरीलाई पूर्व जानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाई छ ।

“हामी कुनै घुस पैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यस कारण हामी विरुद्ध सरकारले संविधान विपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,” अध्यक्ष ओलीले भने । उनले उद्योगीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरे । आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update