मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् । सोनलले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए ।
तर‚ विश्वासको मत नपाउने निश्चित भएपश्चात् उनले प्रदेश सभा बैठकमै राजीनामा दिने घोषणा गरेका थिए । त्यसपश्चात् उनी प्रदेश प्रमुख सुवेदी समक्ष गएर राजीनामा पत्र बुझाएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ २०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

