लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विमान उडान र अवतरणको अवस्थामा देखाइने सूचक एयर फिल्ड लाइटिङ सिस्टममा शनिबार (कात्तिक २२) बेलुका करिब साढे ५ बजेदेखि समस्या आएको छ ।
उक्त लाइटिङ सिस्टमको समस्याबारे जाँच भइरहेको छ । समस्या समाधान भएपछि उडान र अवतरण पुनः सञ्चालन गरिने तयारी भएको छ । सिस्टममा समस्या आएपछि अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खालका उडान र अवतरण पूर्ण रूपमा बन्द भएको छ । बन्द हुँदा अवतरणको तयारीमा रहेका जहाजले फन्को मारिरहेका छन् । यो समस्या साढे ५ बजेदेखि भएको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ १९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

