कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जल मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति भने राती कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ ०६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

