दुर्घटनामा साइकल यात्रीको मृत्यु
बर्दिया - बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।
धान काटेर फर्कँदै गरेको कम्पाईनले दिउँसो साढे दुई बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए । दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
कम्पाईन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

