Harsamaya
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । 

आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update