Harsamaya
कैलालीमा थपिए १५६ उद्योग 
घरेलु तथा साना उद्योग कार्यालय, कैलाली ।

कैलाली - घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म  १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साथै पुगेको उनले जानकारी दिए । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् ।

उक्त कार्यालयले चालु आवको उक्त अवधिमा ३९ लाख ९१ हजार छ सय ९९ राजस्व संकलन गरेको छ । गत आवमा एक करोड ६३ लाख ९७ हजार राजस्व संकलन भएको थियो  ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update