Harsamaya
माओवादी र नेकपा एस सहित ९ पार्टीबिचको एकता घोषणा आज 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीसहित वाम घटक ९ पार्टीहरूले आज एकता घोषणा गर्ने जानकारी दिएका छन् ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको पार्टीको एकता घोषणा हुन लागेको हो । 

यी दलहरूले यसअघीनै एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा १ बजे दिउँसो एकता घोषणा हुने जानकारी दिए । 

यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update